Section 27
प्राविधिक मापदण्ड निर्धारण गर्न सक्ने
(१) जलवायु परिवर्तनको प्रतिकूल असर तथा जोखिम न्यूनीकरण सम्बन्धमा सहरी तथा ग्रामीण क्षेत्रमा कार्यान्वयन गर्नु पर्ने विषयहरुको प्राथमिकता निर्धारण गर्नको लागि नेपाल सरकारले आवश्यक मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याउन सक्नेछ।

(२) जलवायु परिवर्तनको प्रतिकूल असर तथा जोखिम न्यूनीकरणका लागि तोकिएका विषयगत क्षेत्रमा आवश्यक पर्न प्रविधिको विकास गर्न नेपाल सरकारले आवश्यक नीतिगत एवं प्राविधिक मापदण्ड निर्धारण गर्न सक्नेछ।